चन्द्रागिरिका संस्थागत शैक्षिक संस्था आजपनि बन्द, अनलाइन कक्षाकाे तयारीमा विद्यालयहरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा निजी विद्यालय आज बिहीबार पनि बन्द रहने भएका छन्।

काठमाडौंमा जेन जीको प्रदर्शनीपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय सञ्चालकहरूले विद्यालय नखोल्ने निर्णय गरेका हुन्।

उनीहरुले सामाजिक सञ्जाल तथा माेबाइल एप्लिकेसनमार्फत सम्बन्धित अभिभावक तथा विद्यार्थीहरुलाई साे जानकारी गराएका हुन् । लगातार विद्याालय बन्द हुन थालेपछि केही विद्यालयले अनलाइन कक्षाकाे तयारीसमेत गरेको बुझिएको छ।

साेमबारकाे जेन-जी तथ साेपछिका घटनाक्रमपछि गत मंगलबारदेखि चन्द्रागिरिमा सामुदायिक तथा संस्थागत विद्यालयकाे पठनपाठन ठप्प छ।

आज नगर क्षेत्रमा सामुदायिक विद्यालयकाे पठनपाठन के हुने भन्नेबारेमा कुनै जानकारी सार्वजनिक भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *