ललितपुरका सबै प्रहरी सम्बन्धित कार्यालय फर्किए
थानकोट ।
ललितपुर जिल्लाका सबै प्रहरी कार्यालय फर्किएका छन् ।
जिल्लाका अधिकांश प्रहरीको टोली जेन जीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले कार्यालयमा आगजनी गर्न थालेपछि भागेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
जिल्लाका अधिकांश साना प्रहरी कार्यालय जलेका छन् ।
प्रदर्शनकारीले आन्दोलन दबाउन गोली चलाएर प्रदर्शनकारीको ज्यान लिएको भन्दै प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।












