थानकोट चेकपोष्टस्थित आगलागी भएको गोदाममा एक पुरुष मृत फेला
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०५ दाउराडिपोस्थित विशाल ग्रुपको गोदाम घरमा एउटा शव भेटिएको छ।
गत मंगलबार साँझबाट सो भवनमा आगलागी सुरु भएकोमा सो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।
बिहीबार सो घरमा एउटा शव जलेको अवस्थामा भेटिएपछि घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको थियाे ।
मृतक पुरुष भएकाे पुष्टि भएको छ।
अहिले शव परीक्षणका लागि अस्पताल लगिएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












