चन्द्रागिरिमा क्रियाशील राजनीतिक दलले निकाले संयुक्त विज्ञप्ति, कमजोरीको समीक्षा गर्ने भनाइ
थानकोट ।
चन्द्रागिरिमा क्रियाशील विभिन्न ८ वटा राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
शुक्रबार उनीहरूले सो विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा यही भदाै २३ गते नेपालमा भएको जेन-जी प्रदर्शन र सोपछि भएका घटनामा भएको मानवीय तथा भौतिक क्षतिप्रति ती दुःख व्यक्त गरिएको छ ।
सो प्रदर्शनमा ठुलो संख्यामा युवाहरुको मृत्यु हुने र घाईते हुने अवस्था सृजना भएकोप्रति अत्यन्त दुःख व्यक्त गर्दै उक्त घटनाको निष्पक्ष छानविन र दोषिमाथि कानुन बमोजिम कार्वाहीको लागि चन्द्रागिरि नगरमा क्रियाशील राजनीतिक दलहरूले माग गरेका छन् ।
यसै गरी भाद्र २४ गते देशव्यापी रुपमा भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटको अवस्था सृजना भइ राज्यका सबै सरकारी भवन, महत्वपूर्ण दस्तावेज जलाईनु तथा सार्वजनिक र निजी सम्पति नष्ट पारिनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।
१३ हजार भन्दा बढि कैदी बन्दी जेलबाट बाहिर निस्कंदा शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै चन्द्रागिरि नगरमा क्रियाशील राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा तथा राष्ट्रिय स्वाधिनताका लागि सम्पूर्ण जनसमुदायहरुलाई एकजुट भई अग्रगामन तर्फ लाग्नसमेत अनुरोध गरेका छन् ।
साथै, उनीहरूले देशको जिम्मेवार राजनीतिक दलका हैसियतले भएका कमीकमजोरीहरुको गम्भिर समिक्षा गर्दै आगामी दिनमा ती कमजोरी हुन नदिने समेतको प्रतिबद्धता जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्नेमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी, जनता समाजवादी र नेपाल समाजवादी नयाँ शक्ति पार्टी रहेका छन् ।
विज्ञप्ति पढ्नुहोस्ः













