काठमाडाैं महानगरमा आइतबार सबै शिक्षक तथा कर्मचारी विद्यालयमा जानुपर्ने, विद्यार्थीलाई बिदा

Thankot Times

थानकोट ।

देशमा उत्पन्न परिस्थितिका कारण रोकिएको अध्ययन-अध्यापन फेरि सुरु गर्ने तयारीमा काठमाडौँ महानगरपालिका लागेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु र निषेधाज्ञा हटाएको सूचनापछि महानगरपालिकाले आफ्ना मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ । निर्देशनअनुसार आइतबारदेखि सबै शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित हुन भनिएको छ तर विद्यार्थीलाई भने उक्त दिन विद्यालयमा नबोलाउन भनिएको छ ।

विद्यालयमा उपस्थित भई प्रशासनिक काम, सरसफाइ लगायत कार्य गर्नुपर्ने र विद्यालयमा कुनै क्षति भए विवरण महानगरमा उपलब्ध गराउन भनिएको छ । साथै अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्थाबारे बुझ्न पनि निर्देशन दिइएको छ ।

महानगरपालिकाले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउने–लैजाने जिम्मा लिन तयार भए र परिस्थिति सामान्य देखिएमा ३० भदौ सोमबारदेखि विद्यालयमा अध्ययन–अध्यापनसँगै मनोसामाजिक परामर्श सुरु गर्न सकिने जनाएको छ ।

तर विद्यालय आउन–जान अभिभावकको जिम्मामा पठाउन नसक्ने विद्यार्थीलाई भने भर्चुअल क्लासमार्फत सहजीकरण गर्न महानगरपालिकाले विद्यालयलाई सूचनामार्फत निर्देशन दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *