चन्द्रागिरिका संस्थागत विद्यालय भोलि आइतबारबाट खुल्ने
थानकोट ।
चन्द्रागिरि नगरका संस्थागत विद्यालयमा भोलि आइतबारबाट पठनपाठन सुरु हुने भएको छ ।
गत मंगलबारदेखी बन्द रहेका ती विद्यालय आइतबारबाट खुल्ने सम्बन्धित विद्यालयले शनिबार सूचना जारी गर्दै जानकारी दिएका हुन् ।
भदाै २३ गते भएको जेनजी प्रदर्शनीपछि निम्तिएको असहज परिस्थितिपछि चन्द्रागिरिमा संस्थागत तथा सामुदायिक विद्यालयहरूमा पठनपाठन बन्द गरिएका थिए ।












