चन्द्रागिरिमा आजबाट विद्यालय खुल्ने, सडकमा चहल पहल बढ्यो, सरकारी कार्यालयपनि खुल्ने
थानकोट ।
गत सोमबारको जेन-जी प्रदर्शनपछि एकाएक बदलिएको सामाजीक जीवन सामान्यकृत बन्न थालेको छ ।
सोमबार युवाहरूको प्रदर्शनमा प्रहरीले दमन गरेपछि निम्तिएको अराजकता सेना परिचालन, संसद् विघटन, नयाँ प्रधानमन्त्री नियूक्तिपछि क्रमशः शान्त हुन थालेको हो ।
आज आइतबार सडकमा सवारी साधनको संख्या उल्लेख्य छ, मानिसहरू दैनिक जीवनयापनका लागि गन्तव्यतर्फ लाग्न हतार गरिरहेका छन्। चोकचोकमा विद्यालयको सवारी साधन कुरेर विद्यार्थी तथा अभिभावकहरू उभिएका छन् ।
चन्द्रागिरि नगरका संस्थागत तथा सामुदायिक विद्यालय आज आइतबारबाट सुचारु हुने सम्बन्धित विद्यालयहरूले यसअघि नै जानकारी गराइसकेका छन् ।
आजबाट स्थानीय तहसहित सरकारी कार्यालयहरू खुल्ने भएका छन् ।
मंगलबारको तोडफोडपछि चन्द्रागिरि नगरपालिकासहित वडा तथा मातहतका कार्यालय बन्द रहेकोमा आजबाट खुल्ने भएका छन् ।
स्थानीयहरूले आफ्नो क्षेत्रमा भएका सरकारी भवन तथा संस्थाहरूको पुनःस्थापनाका लागि सहयोग जुटाउन थालेका छन् ।
प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग नागढुङ्गा, प्रहरी प्रभाग मातातिर्थ, प्रहरी प्रभाग मच्छेगाउँले स्थानीयको सहयोगमा पुनः सेवा सुरु गरेका छन् ।












