रास्वपा सभापति रवि लामिछाने नक्खु कारागार गए,

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार (भदौ २८) कारागार गएका छन् ।

उनी ललितपुरको नक्खु कारागार गएका हुन् ।

“रवि दाइ दिउँसो आफैँ नक्खु कारागार पुग्नुभयो । सुरक्षा व्यवस्थापनका लागि भन्दै पाँच घण्टा लगाएर कारागार प्रशासनले भर्खरै कारागारमै राख्ने जानकारी दियो,” रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले शनिबार बेलुका करिब पौने ९ बजे फेसबुकमा लेखेका छन् ।

‘जेनजी’को प्रदर्शन उग्र बनेको दिन लामिछाने कारागारबाट निस्किएका थिए ।

प्रदर्शनको फाइदा उठाएर निस्किएको भन्दै उनको आलोचना गरिएको थियो । शनिबार यसअघि उनले आफू कारागार जान लागेको जानकारी गराएका थिए ।

प्रदर्शनको फाइदा उठाउँदै फरार कैदीबन्दीलाई कारागार प्रशासनले फिर्ता हुन भनेको थियो ।

सहकारी ठगी प्रकरणमा उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *