यू-२३ नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

Thankot Times

थानकोट ।

एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान गएको नेपाली टोली स्वदेश आइपुगेको छ ।

शुक्रबार नेपाली राष्ट्रिय यू–२३ पुरुष टोली नेपाल आइपुगेको हो ।

छनोटको समूह ‘के’ मा रहेको उक्त टोलीले समूह चरणअन्तर्गत फिलिपिन्स, सिरिया र घरेलु टोली ताजकिस्तानसँग समान एक खेल खेलेको थियो । नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । टोलीले पहिलो खेलमा घरेलु टोली ताजकिस्तानविरुद्ध र दोस्रो खेलमा फिलिपिन्ससँग समान ४–० को हार बेहोर्दा सिरियासँग ४–२ को हार बेहोरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहसहितको प्रतिनिधि मण्डलले टोलीलाई स्वागत गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *