‘मनलाग्दी गर्नुहोला,मैले पार्टी छाडेँ’- रास्वपा नेतृ सुमना श्रेष्ठ

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।

सुमनाले सामाजिक सञ्जाल फेसबुकमा रास्वपा छोडेको घोषणा गर्दै लेखेकी छन्, “अब खुल्लारुपमा आक्रमण गर्न चाहे पनि सजिलो बनाइसकेको छु। मनलाग्दी चल्न चाहेको बेला त्यसो गर्नुहोला। मैले पार्टी छाडेँ।”

आइतबार मध्यान्ह १२ः२९ बजे उनले फेसबुकमा लेखेकी छन्-
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *