सरकारले रोक्यो भुक्तानी, तलब खुवाउन र दसैँ खर्च दिन समस्या नहुने महालेखाको भनाइ
थानकोट ।
महालेखा नियन्त्रक कार्यालयले केही दिनका निम्ति भुक्तानी रोकेको छ ।
‘जेन-जी’को आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले यसलाई रोकेको हो ।
महालेखा सरकारको लेखापाल हो ।
“केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको छ,” अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले भने, “सहज भएपछि भुक्तानी प्रक्रिया सुरु हुनेछ ।”
उनले कर्मचारीलाई तलब खुवाउन र दसैँ खर्च दिन समस्या नहुने र केही दिनभित्र वितरण हुने जानकारी दिए ।
जेन-जी आन्दोलनका क्रममा अर्थ मन्त्रालयमा क्षति नभएको उनले बताए ।


















