एसिया कप क्रिकेटः श्रीलंकाको विजयी सुरुआत, भारत र पाकिस्तानबीच आज खेल हुँदै

Thankot Times

थानकोट ।

एसीसी एसिया कपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । शनिबार राति अबुधाबीमा श्रीलंकाले बंगलादेशविरुद्ध ६ विकेटको सहज जित निकालेको हो ।

बंगलादेशले प्रस्तुत गरेको १४० रनको लक्ष्य श्रीलंकाले १४.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाको जितमा पथुम निसांकाले सर्वाधिक ५० रन बनाए । कामिल मिसाराले ४६ र र कप्तान चरिथ असलंकाले १० रन जोडे ।

बंगलादेशका मेहदी हसनले दुई विकेट लिए । तान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३९ रन बनाएको थियो । बंगलादेशका सहमिम हुसैनले ४२ रन बनाए । जाकेर अलीले ४१ र कप्तान लिटन दासले २८ रन जोडे ।

श्रीलंकाका वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान थुसारा र थुस्मन्था चमिराले समान एक विकेट लिए ।

प्रतियोगितामा आज बहुचर्चित भिडन्तमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।

दुबईमा यो खेल नेपाली समयानुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *