नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएपछि….

Thankot Times

थानकोट ।

जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ ।

टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह गरेको छ।

साथै, फेला परेमा नजिकैको नेपाल टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन समेत अनुरोध गरेको छ।

नेपाल टेलिकमले उक्त रिचार्ज कार्डहरूको वितरण, बिक्री वा प्रयोग नगर्न विशेष अनुरोध गर्दै आम सर्वसाधारणलाई सतर्क रहन भनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *