चोरी भएका सामान फिर्ता गर्न अख्तियारको आग्रह, गोरखापत्रमा सूचना

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्रीहरू फिर्ता गर्न सोमबार एक सार्वजनिक सूचना जारी गरेको छ।

आयोगले तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूबाट सवारी साधन, टिभी, कम्प्युटर, हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर लगायतका विभिन्न जिन्सी सामानहरू हराएको वा चोरी भएको जनाएको हो।

सिसिटिभी फुटेजको आधारमा तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ। आयोगले कसैले पनि यी सामग्रीहरू लिएको वा प्राप्त गरेको भए काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।

अन्य कार्यालयहरूको हकमा भने ती सामानहरू नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आयोगको कार्यालयमा बुझाउन भनिएको छ। यदि सामान फिर्ता नगरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *