मनकामना केबलकार सेवा असोज १ गतेबाट पुनः सुचारु हुने
थानकोट ।
देशकै पहिलो केबलकार सेवा मनकामना केबलकारको सेवा असोज १ गते बुधबारबाट पुनः सुचारु हुने भएको छ ।
यही भदाै २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि विकसित भएको विषम् परिस्थितिपछि केबलकार सेवा स्थगित भएको थियो ।
मनकामना दर्शन प्रालिले सोमबार (भदाे ३०) एक सूचना जारी गर्दै मनकामना केबलकार सेवा असोज १ गतेबाट सुचारु हुने जानकारी दिएको हो ।



















