मन्त्रीहरूको शपथमा पनि उपस्थीत भएनन् सभामुख र उपसभामुख
थानकोट ।
सोमबार शितल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथग्रहणमा उपस्थीत भएका छन् ।
प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ ।
तर सभामुख देवराज घिमिरे भने जेन जेड आन्दोलनपछि दुई सार्वजनिक समारोहमा गएका छैनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहेका छन् ।
उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् ।


काठमाडौँ, ३० भदौः
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत












