सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, असोज २ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

सागर डिष्टिलरी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओ बाँडफाँट भइसकेको छ ।

एक लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो । साथै कम्पनीले ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरिएको छ । जसको एक सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *