गृह मन्त्री अर्यालद्वारा पदभार ग्रहण
थानकोट ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।
शीतल निवासमा शपथ ग्रहण गरे लगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् ।
आजै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।
शपथ लगत्तै सिंहदरवार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।












