राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय
थानकोट ।
सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।
जेन-जी प्रदर्शनपछि भएको हताहतिको शोकमा सो दिवस मनाउने निर्णय भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए।
उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।


















