जेन-जी आन्दोलनका मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए।

जेन-जी आन्दोलनमा छोरा गुमाएपछि एक्लो भइन् चन्द्रागिरिकी ७० वर्षीया सावित्री

त्यस्तै शवलाई सम्बन्धित स्थानमा पुर्‍याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७१ जनाको मृत्यु भइसकेको पुष्टी भएको छ । जसमा चन्द्रागिरि नगरपालिका-०५ का महेन्द्र परियार समेत छन् ।

थानकोट चेकपोष्टस्थित आगलागी भएको गोदाममा एक पुरुष मृत फेला

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *