इन्स्पेक्टरदेखि आईजीपीसम्मको तलब कटाएर मृतक प्रहरीका परिवारलाई १० लाख दिइने
थानकोट ।
जेन-जी समूहको आन्दोलनका क्रममा मृत्युवरण गरेका प्रहरी कर्मचारीहरुलाई जनही १० लाख दिइने भएको छ ।
सरकारले उपलब्ध गराएको बाहेक प्रहरीले प्रहरी उच्च कर्मचारीको तलबबाट कटाएर सो रकम उपलब्ध गराउन लागिएको हो ।
प्रहरी नायव महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले विज्ञप्ति जारी गर्दै इन्सपेक्टरदेखि आईजीपीसम्मको तलबबाट मृतक प्रहरीका परिवारलाई जनही १० लाख दिने निर्णय भएको हो ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ ।



















