जेन-जी आन्दोलनका मृतकहरूलाई तेस्रो जनआन्दोलनका शहिद बनाउन रास्वपा चन्द्रागिरिको माग

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिले देशभन्दा माथी पार्टी हुन नसक्ने भन्दै वक्तव्य जारी गरेको छ ।

सोमबार (भदाै ३०) रास्वपाद्वारा जारी भएको विज्ञप्तिमा अन्तरिम सरकारले पहिलो निर्णय बैठकबाट आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई तेस्रो जनआन्दोलनका शहीद घोषणा गरिनुपर्ने साथै नेपालको संविधानको मर्मलाई सम्मान गर्दै धारा ६१ सहितका प्रावधानअनुसार अन्तरिम सरकार गठनको वैधानिकता सुनिश्चित गर्नुपर्ने ठहर गर्दै, दलभन्दा माथि देश र जनता राख्ने प्रतिबद्धता जनाइएको छ।

रास्वपाले राजनीतिक शक्ति, सरोकारवाला र सचेत नागरिकलाई राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र स्थिर भविष्यको यात्रामा सहयात्री र सहयोगी बन्न आह्वान समेत गरेको छ ।

हेराैं रास्वपा चन्द्रागिरि नगरले जारी गरेको विज्ञप्तिः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *