साफ यु-१७ च्याम्पियनसीपः नेपालको विजयी शुरूवात, श्रीलंकाको पोष्टमा नेपालको २-० गोल

Thankot Times

थानकोट ।

नेपालले साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा विजयी शुरूवात गरेको छ ।

सोमबार साँझ सम्पन्न उद्घाटन खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपालको जितमा दुवै गोल समिर कुमारले गरेका छन् । जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ  ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

५२औं मिनेटमा नेपालले एक गोल गर्याे ।

नेपालले खेलको अन्तिममा फेरि गोल गर्याे । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य सात देश सहभागी छन् ।

नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

गएको वर्ष बङ्गलादेशलाई २–० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *