सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज एक तोला सुन किन्न २ लाख १७ हजार रुपैयाँ गन्नुपर्ने
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ ।
सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ ।












