धरानका मेयर हर्कले फर्काए जवाफ बालेनलाई जवाफ: लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ

Thankot Times

थानकोट ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् ।

बालेन गेम खेल्दै स्टाटस लेख्नमात्रै तल्लीन रहेको उनको आरोप छ । ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ । देशले कति गुमायो थाहा छ ?’, बालेनलाई प्रश्न गर्दै साम्पाङले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’

यसअघि बालेनले हर्कले जति गाली गरेपनि आफूले उनलाई माया गर्न नछाड्ने फेसबुकबाटै बताएका थिए । हर्कलाई फकाउने शैलीमा बालेनले फेसबुकमा लेखेपनि हर्क अझैँ आक्रोशित भएका हुन् ।

बालेनले लेखेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ त्यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *