काठमाडौं उपत्यकामा थानकोट वृत्तसहित प्रहरीका १२२ भवनमा पूर्ण क्षति, १२१ गाडीमा आगजनी

Thankot Times

थानकोट ।

गतसाता जेन-जी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् ।

आगजनीबाट ती सबै भवन पूर्ण रूपमा जलेका छन् ।

उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए ।

भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ ।

आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् ।

४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।

दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् ।

साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।

रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन् ।

सो क्रममा प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गा समेत जलाइएका छन् भने प्रहरी प्रभाग बलम्बु र मातातिर्थमा तोडफोड भएको थियो ।

प्रहरी प्रभाग मच्छेगाउँ र नैकाप भने सुरक्षित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *