मुग्लिङ-नारायणगढ सडकमा खसेको पहिरो पन्छाउन सुरु

Thankot Times

थानकोट ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै खसेको पहिलो पन्छाउन थालिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। मंगलबार साँझ साँझ ९ः०० बजेतिर पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो।

पहिरो झर्ने क्रम नरोकिएकाले रातिको समयमा सवारीसाधन नचलाउने निर्देशन दिइएको सडक डिभिजनले जानकारी दिएको छ।

बुधबार बिहानैबाट पहिरो पन्छाउन थालिएको सडक डिभिजनको भनाइ छ।

‘हिजो रातिदेखि सडकमा रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सडक डिभिजनले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *