संसद विघटन भएपछि धमाधम फिर्ता हुन थाले सरकारी सवारीसाधन

Thankot Times

थानकोट ।

संसदीय विषयगत समिति र संयुक्त समितिका सभापतिले पाएको गाडी सुविधा फिर्ता गर्न थालेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि विषयगत समितिको औचित्य समाप्त भएको थियो।

१० वटा प्रतिनिधि सभाका समिति र २ वटा राष्ट्रिय सभासमेत गरी संयुक्त समितिका सभापति पनि प्रतिनिधि सभाका सांसद नै रहेका कारण दर्जन गाडी फिर्ता भएका हुन्।

उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन्।

१२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरिसकेका छन्।

सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए।

महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साह, नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन्।

अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *