बागमती प्रदेश सभा सभामुख पाठकले राजीनामा दिए
थानकोट ।
वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।
उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका हुन् ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद बनेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नै राप्रपाले सबै सांसदको सामूहिक राजीनामा घोषणा गरेको थियो ।
पाठकले कानुनी प्रक्रिया पूरा गर्न बुधबार राजीनामा पत्र बुझाएका हुन् ।













