भदाै २४ देखी चेकपोष्ट खानेपानी चोकस्थित विशाल ग्रुपको गोदाममा लागेको आगो अझै निभेन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०५ दाउराडिपोस्थित विशाल ग्रुपको गोदाम भवनमा गत भदाै २४ गते साँझबाट सल्किएको आगो अझै पूर्ण रुपमा निभेको छैन् ।
लगातार १० दिनदेखी सो भवनमा आगलागी भइरहेको हो ।
सो भवनबाट निरन्तर विषाक्त धुवाँ निस्किरहेको देख्न सकिन्छ । जसका कारण स्थानीयले राम्रोसँग श्वास फेर्न नसकेको बताएका छन् ।
गत बुधबार खिचिएको दृश्य भिडियोमा हेर्नुहोस्-
जेन-जी प्रदर्शनका क्रममा भदाै २४ गते साँझ सो भवनमा लुटपाटपछि आगलागी भएकोमा पटक-पटक नियन्त्रणको प्रयास भइरहेपनि आगो पूर्ण नियन्त्रणमा लिन नसकिएको हो ।
आगो नियन्त्रणमा लिन पटकपटक गरी २५ वटा दमकल प्रयोग गरिएको थियो । नेपाली सेना, नेपाल आयल निगम, चन्द्रागिरि नगरपालिका लगायतका संस्थाका दमकल सो भवनको आगो निभाउन प्रयोग भएपनि सफल हुन नसकेको एक स्थानीयले बताए ।
नवनिर्मित सो भवनमा गतवर्षबाट विशाल ग्रुपले खाद्यान्न, तयारी खानेकुरा, साैन्दर्य प्रशाधन लगायतका सामग्री भण्डारन गर्दै आएको थियो ।
आगलागीबाट भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ, यद्यपी क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवनमा स्थानीय सयाैं जनाले रोजगारी पाउँदै आएकोमा आगलागीबाट उनीहरूको रोजगारी समेत अनिश्चित बनेको छ ।
सो भवनमा एक पुरुष मृत भेटिएका थिए ।
जेन-जी आन्दोलनमा छोरा गुमाएपछि एक्लो भइन् चन्द्रागिरिकी ७० वर्षीया सावित्री












