एन्फामाथि १० हजार डलर जरिवानासहित कारबाही

Thankot Times

थानकोट ।

एसियाली फुटबल फेडरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार डलरको जरिवानासहित कारबाही गरेको छ।

एएफसी एसियन कप फुटबल प्रतियोगितामा सहभागीता नजनाएको कारणले एन्फा कारबाही परेको हो।

गत अगस्ट ३१ गते बसेको एएफसीको बैठकलले एएफसी अनुशासन र आचारसंहिता कमिटिले एन्फालाई कारबाही गरेको हो।

एन्फाले सन् २०२६ मा इन्डोनेसियामा हुने एएफसी फुटसल एसियन कप छनोटमा नाम दर्ता गराएको थियो। तर, नाम दर्ता गरेपछि एन्फाले पुन: नाम फिर्ता लिएको थियो।

त्यसपछि नेपाललले उक्त छनोटमा सहभागिता जनाएन्। जसले गर्दा एन्फा जरिवानामा पर्‍यो।

एन्फाले अब ३० दिनभित्र जरिवाना तिर्नुपर्ने नियम छ।

यसअघि पनि एन्फालाई दशरथ रंगशालाको पुननिर्माण गर्न एएफसीले सुझाव दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *