बिहानै दुर्घटनाको खबर, काठमाडाैंमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।

मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यो घटना बिहीबार बिहान साढे ५ बजे भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *