यूनिटी कप टी-२० सिरिजः नेपालसँग खेल्ने वेस्ट इन्डिजको टिम घोषणा

Thankot Times

थानकोट ।

नेपालसँगको टी-२० सिरिज खेल्न लागेको वेस्ट इन्डिजले टिमको घोषणा गरेको छ।

गएराति वेस्ट इन्डिजले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी खेलाडीलाई विश्राम दिएको छ। नेपालसँगको सिरिजको कप्तानी अकील होसेनले गर्दैछन्।

नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली

नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।

पाल र वेस्ट इन्डिजको सिरिज संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म टी-२०आई सिरिजको हुँदैछ।

नेपालले यसअघि नै रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने टिम घोषणा गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *