सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

सुनको मूल्य यसदिन तोलामा नौ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको एक हजार रुपैयाँ घटेको थियो।

त्यसअघि गएको सोमबार र मंगलबार सुनको मूल्य लगातार बढेको थियो।

मंगलबार प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि घटेको छ।

प्रतितोला ३० रुपैयाँ घटेर चाँदीको मूल्य आज दुई हजार पाँचसय २० रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य तोलाको दुई हजार पाँचसय ५० रुपैयाँ थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *