बागमती प्रदेश सभाको बैठक यथासिघ्र संचालन गर्ने सर्वदलीय बैठकको निर्णय

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा रहेको राजनीतिक दलको सर्वदलीय बैठक बसेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षता बिहीबार बैठक बसेको हो । बागमती प्रदेशसभाको बैठक यथाशीघ्र संचालन गर्ने सर्बदलिय बैठकले निर्णय गरिएको छ ।

यसैगरी भदौ २३ र २४ गते भएको जेनजि अभियान प्रदर्शन र मागको क्रममा परी मृत्युभएका नागरिकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुका साथै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय भएको छ।

असोज ३ गते संविधान दिवस भव्य रुपमा मनाईने निर्णय भएको बैठकमा सहभागी एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

यसैगरी जेन-जी अभियान प्रदर्शनको क्रममा बागमती प्रदेशभित्रका बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनाहरुमा भएको क्षति, स्थानीय तहका संरचना र विभिन्न व्यक्ति र व्यक्तिका व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरिएको छ।

यस्तै, सुशासन र खर्च कटौतीको सवालमा प्रभावकारी ढंगले यथाशीघ्र कार्यक्रम ल्याएर अगाडी बढाउने निर्णय गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल, कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल लगायतकाको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *