काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी विश्व अधिकारीको स्थानमा रमेश थापा

Thankot Times

थानकोट ।

काठमाडौंका एसएसपी विश्वराज अधिकारी जिम्मेवारीबाट हटाइएका छन् ।

गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको हो ।

अधिकारीको स्थानमा एसएसपी रमेश थापालाई पठाइएको छ ।

थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।

उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् ।

भदाै २३ मा काठमाडाैंमा भएको जेन-जी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *