साफ यू-१७ च्याम्पियनसिप: नेपालकाे पाेष्टमा बंगलादेशको ४ गाेल
थानकोट ।
बंगलादेशले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाललाई ४–० ले पराजित गरेको छ ।
बिहीबार श्रीलंकाको कोलोम्बोस्थित रेसकोर्स रंगशालामा बंगलादेशलाई जित दिलाउन टोलीका महोम्मद सबिर स्लाम, महोम्मद ओपू रेहमान, महोम्मद आरिफ र महोम्मद मनिकले समान एक गोल गरे । बंगलादेशले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको हो ।
खेलको ३८औँ मिनेटमा महोम्मद सबिरले बंगलादेशलाई अग्रता दिलाए । ४९औँ मिनेटमा महोम्मद ओपुले अग्रतालाई दोब्बर बनाए । ५०औँ मिनेटमा महोम्म्द आरिफले गोल गरेपछि बंगलादेशले नेपालविरुद्ध ३–० को स्पष्ट अग्रता कायम गर्यो । ६५औँ मिनेटमा महोम्मद मनिकले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यो जितसँगै समूह ‘ए’ मा रहेको बंगलादेशले तालिकामा नेपालसँगै समान तीन अंक बनाएको छ । नेपालले भने पराजयसँगै समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्ने अवसर गुमाएको छ ।
तस्बिर: साफ













