नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने यस साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
हिजो बिहीबार चाँदीको भाउ तोलाको २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको हो ।












