दशैंका लागि यात्रुवाहक सार्वजनिक सवारीसाधन नागढुंगा सुरुङ्गमार्गमा गुड्न पाउने
थानकोट ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।
मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहित शनिबार भएको छलफलबाट ७ वटा निर्णय गरिएको छ ।
जसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधन नागढुंगा सुरुङ्गमार्ग भएर बाहिर जान पाउने छन् ।
तर दशैंपछि भने उक्त सवारी साधनहरूलाई प्रवेशका लागि सम्बन्धित पक्षसँग छलफल गरेर निर्णय गरिने भएको छ ।













