यूनिटी कपकाे टिकट दर ५० देखि ४०० दिरामसम्म निर्धारण

Thankot Times

थानकोट ।

नेपाल र वेस्ट इन्डिजबीच हुने टी–२० क्रिकेट श्रृखंला ‘युनिटी कपको’ टिकट मूल्य सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक भएको मूल्यसूचीअनुसार श्रृखंलाको टिकट मूल्य ५० देखि ४०० दिरामसम्म निर्धारण गरिएको छ । यसको नेपाली मूल्य एक हजार ९२९ रुपैयाँदेखि १५ हजार ४३९ रुपैयाँ हुन्छ ।

आयोजकका अनुसार, यूएईको शारजाह क्रिकेट मैदानको उत्तर पश्चिमतर्फ र उत्तर पूर्वतर्फको सिटको मूल्य समान ५० दिराम तोकिएको छ ।

गोल्ड पेभेलियोनतर्फका सिटको मुल्य १०० दिराम निर्धारण गरिएको छ । प्लाटिनम पेभेलियनतर्फको टिकट मूल्य १०० दिराम छ । पुर्व र पश्चिमतर्फको टिकट मूल्य समान ६० दिराम तय भएको छ । पश्चिमतर्फको भिआइपी टिकटको निम्ति ४०० दिराम तोकिएको छ ।

शृखंलाका सबै खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

जसअन्तर्गत नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेल खेल्ने छ । सेप्टेम्बर २९ मा दोस्रो खेल खेल्नेछ । सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *