गत साता भएको आन्दोलनका क्रममा थानकोट प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा करोडौं मूल्य बराबरका प्रविधि तथा सञ्चार उपकरण, पोशाक र संरचनामा क्षति पुगेको थियो। कार्यालयको नयाँ भवनबाट पाँच महिना अघि मात्रै कामकाज सुरु भएको थियो।
प्रारम्भिक अनुमानअनुसार घटनामा करिब ७ करोड रुपैयाँको क्षति भएको छ।
‘यस्तो परिस्थितिमा प्रहरीको मनोबल बढाउन र पुनर्निर्माण अभियानको सुरुवात गर्ने उद्देश्यले सहयोग गरेको हुँ,’ गिरीले भने। उनका अनुसार परिस्थितिअनुसार अन्यत्र पनि सहयोग गर्ने योजना छ। गिरी आगामी साता ‘छक्कापञ्जा टुर’का लागि अमेरिकातर्फ प्रस्थान गर्दैछन्।













