जान्नुहाेस आज दिनभरकाे माैसम पूर्वानुमान
थानकोट ।
देशमा हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ ।
स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार (असोज ५) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदलीको सम्भावना छ ।
बाँकी भूभागमा आंशिक बदलीको पूर्वानुमान छ ।
साधारणतया बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई आंशिक बदली भनिने महाशाखाले जनाएको छ ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ । बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीको पूर्वानुमान छ ।
“कोसी प्रदेशलगायत वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
यस्तै, ‘केही’ स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रफल हुने महाशाखाले जनाएको छ । महाशाखाले १० प्रतिशतभन्दा कम क्षेत्रफलाई ‘एक–दुई’ स्थान भन्छ । ‘थोरै’ स्थान भन्नाले १० देखि ३० प्रतिशत क्षेत्रफल हो । ५० देखि ८० प्रतिशत क्षेत्रफलाई ‘धेरै’ स्थान भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफलाई ‘अधिकांश’ स्थान भनिने महाशाखाले जनाएको छ ।












