थाहा नगरका शैक्षिक संस्थामा आज शोक बिदा
थानकोट ।
मकवानपुरका शैक्षिक संस्थामा आज आइतबार शोक बिदा दिइएको छ ।
शनिबार थाहा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै आज (असोज ५) शोक बिदा दिने निर्णय गरेको हो ।
शाखाका अनुसार थाहा नगरपालिका-५ तसरस्थित दुर्गादेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशन सिंह विष्टको शुक्रबार निधन भएको शोकमा आज बिदा दिइएको हो ।
सिंहको शुक्रबार काठमाडाैंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
थाहा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचना हेराैं














