नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली स्थानीय बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा एक हजार १ सय रुपैयाँ बढेको छ ।

यसदिन सुनको भाउ प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँ कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँ किनबेच भएको जनाएको छ ।

आज आइतबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार ६ सय २० रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *