ब्राउन सुगरसहित दुई जना कारोबारी समातिए
थानकोट।
कपिलवस्तुबाट ब्राउन सुगरसहित दुई कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुराकीको आधारमा शनिबार दिउँसो कपिलवस्तु नगरपालिका-११ आरैराकोटबाट २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका-११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका-११ बरवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रभाकरको साथबाट ५ सय ३० मिलिग्राम र सागरबाट १ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पक्राउ परेका दुवै विरुद्ध लागु औषधको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

















