एशियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

Thankot Times

थानकोट ।

एएफसी एशियन कप छनोटमा भियतनामसँगको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले आइतबार ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

प्रारम्भिक टोलीमा परेका खेलाडीहरूले पर्सि मङ्गलवारदेखि बन्द शिविरमा प्रशिक्षण शुरू गर्नेछन् ।

एशियन कप छनोटमा नेपालले भियतनामसँग आउँदो अक्टोबर ९ र १४ मा खेल्नेछ ।

यस्तो छ नेपाली टोली–

अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र विक, दिपेश गुरुङ, जिलेस्पीजङ्ग कार्की, किरण चेम्जोङ, कृतिश छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरञ्जन धामी, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ, सन्तोष खत्री, सुवास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा र योगेश गुरुङ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *