काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्दै

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले असोज ७ गतेदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ ।

आइतबार साँझ महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य मङ्गलबारदेखि सुरु हुने जानकारी दिएका हुन् ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हामी विश्वास गर्छौँ स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो। यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *