जान्नुहाेस् आज दिनभरकाे माैसम पुुर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।

दिउँसो हल्कादेखि मध्यम  र राति भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशका केही स्थानमा, बाँकी पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *