कृषि मन्त्रालयको जिम्मेवारी डा. मदन परियारलाई
थानकोट ।
कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी डा. मदन परियारलाई दिइएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले परियारलाई कृषिमन्त्रीमा नियुक्त गरेका हुन् ।
वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परियारलाई कृषि मन्त्री बन्नका लागि प्रस्ताव गरेकी थिइन् ।
नवनियुक्त मन्त्रीहरूको आज (सोमबार) सपथको तयारी भइरहेको छ ।












