गुप्तचर विभागको प्रमुखमा टेकेन्द्र कार्की, सिआइबी प्रमुखमा एआइजी मनोज केसी
थानकोट ।
सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो।
यसअघि भदौ २८ गते हुतराज थापा अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएपछि रिक्त रहेको पदमा कार्कीलाई नियुक्ति दिइएको हो।
अन्तरिम सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखमा रूपमा सरूवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
हाल केसी प्रदेश समन्वय विभागमा कार्यरत छन्।

















